प्रधानमन्त्री कप फाइनल : आर्मीले दियो एपीएफलाई १८० रनको लक्ष्य

नेपालभ्युज

प्रधानमन्त्री कप फाइनल : आर्मीले दियो एपीएफलाई १८० रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जित्नको लागि एपीएफ क्लबले १८० रनको लक्ष्य पाएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई १८० रनको लक्ष्य दिएको छ।

आर्मी ३९ ओभरमा १७९ रनमा अलआउट भयो । आर्मीको लागि रोहित कुमार पौडेलले ४९ र राजेश पुलामीले १८ रन बनाए । सुशन भारी १९ रनमा रनआउट भए। जितेन्द्र मुखिया २४ रनमा अविजित रहे। आर्मीका सोमपाल कामी दोस्रो ओभरको पाँचौँ बलमा डक आउट भए ।एपीएफका लागि भने मौसम ढकाल र अमर सिंह रौतेलालले ३–३ विकेट लिए । किशोर महत्तोले २ विकेट लिए ।

फाइनल खेल विवादका कारण ढिला सुरु हुँदा खेललाई ४० ओभरमा निर्धारण गरिएको थियो । आर्मीले प्लेइङ ११ मा सोमपालको नाम समावेश गरेका कारण एपीएफका कप्तान शरद भेषवाकरले टस गर्न अस्वीकार गरे ।

आर्मीको १४ सदस्यीय टोलीमा अनिल मण्डलको स्थानमा सोमपाल कामीलाई समावेश गरेसँगै विवाद उत्पन्न भएको थियो । डेंगु लागेका कामीको स्थानमा मण्डललाई राखिएको थियो ।

यसअघि, सेमिफाइनल खेलमा पुलिसविरुद्धको खेलमा आर्मीमा पुनः समावेश गर्न खोजिए पनि निवेदन दिएको २४ घण्टा नपुग्दा कामीले सेमिफाइनल गुमाए । फाइनलको लागि भने आर्मीले २४ घण्टा अगाडि नै प्राविधिक समितिलाई निवेदन दिएको अडान लिएको थियो ।

समितिले स्वीकृति दिए पनि एपीएफले म्यानेजरलाई जानकारी नगराएको अडान लिएको थियो । प्राविधिक समितिको त्रुटिका कारण ८ः३० मा हुनु पर्ने टस ९ बजे भएको थियो ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैँया पाउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved