पुलिसलाई हराउँदै आर्मी प्रधानमन्त्री कपको फाइनलमा

३०५ रनको लक्ष्य आर्मीले एक बल बाँकी रहँदा ८ विकेट गुमाएर भेट्टायो । आर्मीका लागि रोहित पौडेलले ८९ र हरि चौहानले ७५ रन बनाए ।

नेपालभ्युज

पुलिसलाई हराउँदै आर्मी प्रधानमन्त्री कपको फाइनलमा

काठमाडौं। त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार आर्मीले नेपाल पुलिस क्लबलाई २ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

३०५ रनको लक्ष्य आर्मीले एक बल बाँकी रहँदा ८ विकेट गुमाएर भेट्टायो । आर्मीका लागि रोहित पौडेलले ८९ र हरि चौहानले ७५ रन बनाए । तेस्रो विकेटको लागि हरि र रोहितले १३५ रनको साझेदारी गरे । राजेश पुलामी मगरले ४३ रन बनाए । करन केसीले ६ विकेट लिए पनि पुलिसलाई जिताउन सकेनन् ।

पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३०४ रन बनाएको थियो कप्तान दीपेन्द्र सिंह ऐरीले १२५ बलमा १४० रन बनाए । आरिफ शेखले अविजित ९१ रनको योगदान गरे ।

चौथो विकेटको लागि दीपेन्द्र र आरिफले २१४ बलमा २१२ रनको साझेदारी गरेका थिए ।

प्रधानमन्त्री कपको उपाधिको लागि शनिबार हुने फाइनलमा एपीएफ क्लब र आर्मी भिड्नेछन् । यसअघि नै मधेशलाई पराजित गर्दै एपीएफ फाइनल पुगिसकेको छ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैँया पाउनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved