अभिनेत्री मनीषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने

नेपालभ्युज

अभिनेत्री मनीषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं। चर्चित बलिउड अभिनेत्री मनीषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने भएकी छन् ।

कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी कोइरालाले राप्रपाको कात्तिक २५ गते काठमाडौंको वसन्तपुरमा आयोजना हुने सभालाई सम्बोधन गर्ने भएकी हुन् ।

अभिनेत्री कोइरालाले दिउँसो १ : ०० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि, उनले पोखरा र स्याङजामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

कांग्रेस परिवारमा हुर्किएकी अभिनेत्री कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने भएपछि सबैलाई चासोको विषय बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved