बसुन्धारामा ट्रक र स्कुटर ठोक्कियो, २ जनाको मृत्यु

नेपालभ्युज

बसुन्धारामा ट्रक र स्कुटर ठोक्कियो, २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बसुन्धारामा भएको सवारी दुर्घटनामा २  जनाको मृत्यु भएको छ । बुधबार साँझ  करिव ५ बजे बसुन्धरा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा दुर्घटना भएको हो ।

स्कुटरमा सवार घाइते २ जनाको उद्दार गरी अस्पताल पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कास्की, साविक कालिका गा.वि.स. ९ घर भएका ४७ वर्षीय बेल बहादुर राना मगर र कास्की मादी गा.पा.५ बस्ने ४१ वर्षीया कल्पना राना मगर रहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक चितवन राप्ती नगरपालिकाका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved