इमरान खानले देशद्रोह गरे : पाक गृहमन्त्री

नेपालभ्युज

इमरान खानले देशद्रोह गरे : पाक गृहमन्त्री

इस्लामावाद । पाकिस्तानका गृहमन्त्री राना सनौल्लाले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख इमरान खानले पाकिस्तानविरुद्ध देशद्रोह गरेको आरोप लगाएका छन् ।

जिओ न्यूजसँग कुरा गर्दै उनले भने,’इमरान खानले राज्यविरुद्ध देशद्रोहको अपराध गरिरहेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तको वजीराबादमा गत हप्ता एक राजनीतिक र्‍यालीका क्रममा गोली प्रहार गरिएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले राजधानी इस्लामावादतर्फको लामो पदयात्रा मङ्गलबार देखि पुनः सुरु गर्ने घोषणा गरेका छन् ।

लाहोरमा आयोजित पत्रकार सम्मेलनमा खानको भनाइलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले भनेको छ, ‘हामीले निर्णय गरेका छौं । हाम्रो मार्च वजीराबादको त्यही बिन्दुबाट सुरु हुनेछ जहाँ मलाई र अन्य ११ जनालाई गोली हानिएको थियो । उक्तस्थानमा मोअज्जम शहीद भएका थिए ।’

सनौलाले खानलाई ‘संस्थाहरूले अंगीकार गरून भन्ने’ चाहेको भन्दै पाकिस्तानी संस्थाहरूलाई पीटीआई प्रमुखको ‘खराब एजेन्डा’ विरुद्ध उभिन आग्रह गरेका छन् ।

‘इमरान खानको एउटै मात्र माग छ उनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्नका लागि संस्थाहरूले अङ्गीकार गर्न चाहन्छन्,’ गृहमन्त्रीले भने।

खानले सेना प्रमुखको नियुक्तिलाई विवादास्पद बनाउन चाहेको पनि सनौल्लाले दावी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved