साफ यू–१५ महिला च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

नेपालभ्युज

साफ यू–१५ महिला च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

काठमाडौं। साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा नेपालले र बङ्गलादेशलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

नेपालको लागि वर्षा ओलीले गोल गरिन् । खेलको ८७ औँ मिनेटमा नेपाललेृ फ्रि-किक प्राप्त गर्‍यो । सिमरन राईले प्रहार गरेको फ्रि–किकलाई वर्षाले गोलमा परिणत गरिन् । यससँगै नेपाल ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । ३ अंक भएको बङ्गलादेश भने दोस्रो स्थानमा झरेको छ । अंकविहीन भुटान भने पुछारमा छ ।

अर्को खेलमा नेपालले कात्तिक २३ गते भुटान र कात्तिक २५ गते बङ्लादेशसँग खेल्नेछ । च्याम्पियनसिपमा नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहेको छ । डबल राउन्ड रोबिनपछि शीर्षस्थानमा रहने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved