संविधानको रक्षा र विकासका लागि सत्ता गठबन्धनलाई मत दिनुहोस्: सिंह

नेपालभ्युज

संविधानको रक्षा र विकासका लागि सत्ता गठबन्धनलाई मत दिनुहोस्: सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहले संविधान रक्षाका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन्।

काठमाडौंमा आज बिहान आफ्नो चुनावी घरदैलो अभियानको सुरुवात गर्दै सिंहले संविधानको रक्षाका लागि बनेको सत्ता गठबन्धनलाई भोट दिन आग्रह गरेका हुन्।

उनले संविधान रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन आग्रह गरे।
‘आर्थिक विकासको तीव्र इच्छा र आकांक्षा सबैमा छ। यो पूरा गर्न मंसिर ४ मा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिनुहोस्,’ उनले भने, ‘शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन पनि अहिलेको गठबन्धन आवश्यक छ।’

संविधान रक्षा र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लोकतान्त्रिक-वाम गठबन्धनको आवश्यक रहेको उनले बताए।

प्रकाशमानले काठमाडौं १ बाट लगातार तीन वटा चुनाव जितेका छन्। यसपटक उनीसँग नेकपा एमालेका किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीबाट रमेश खरेल लगायत प्रतिस्पर्धामा छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved