प्रधानमन्त्री देउवा र नेकपाका प्रवक्ताबीच भेटघाट

नेपालभ्युज

प्रधानमन्त्री देउवा र नेकपाका प्रवक्ताबीच भेटघाट

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) बीच भेटघाट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान देउवा र विश्वकर्माबीच भेटघाट भएको हो ।

आसन्न मङसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावलाई लक्षित गरी भेटघाट भएको हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्रीज्यू र उहाँ (विश्वकर्मा) बीच मात्रै भेटघाट भयो ।

चुनावलाई शान्तिपूर्णरूपमा पूरा गर्नुपर्छ भन्ने विषयमा छलफल भएको हुनसक्छ’ उक्त स्रोतले भन्यो । देउवा र विश्वकर्माबीच आधा घण्टा मात्रै भेटघाट भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved