नवलपरासीमा माओवादीका दुईजना उम्मेदवार प्रतिस्पर्धाबाट बाहिरिए

नेपालभ्युज

नवलपरासीमा माओवादीका दुईजना उम्मेदवार प्रतिस्पर्धाबाट बाहिरिए

काठमाडौं : नवलपरासीमा माओवादीका दुई जना उम्मेदवार प्रतिस्पर्धाबाट बाहिरिएका छन् । नवलपरासी पश्चिमको क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका दुई जनाले उम्मेदवारी निष्क्रिय बनाएका हुन् ।

क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी सीता बौडेल र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ मा उम्मेदवारी दिएका चन्द्रकान्त ढकालले विज्ञप्ति निकालेर उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन् ।

माओवादीकी नवलपरासी जिल्ला सहइञ्चार्जसमेत रहेकी बौडेलले सोही निर्वाचन क्षेत्रबाट २०६४ सालमा संविधानसभा निर्वाचन जितेकी थिइन् । ढकाल पार्टीका प्रदेश परिषद् सदस्य हुन् । उक्त क्षेत्रमा गठबन्धनबाट कांग्रेसका विनोद चौधरी उम्मेदवार छन् ।

भागवण्डमा माओवादी केन्द्रलाई परेको यो क्षेत्रमा पछि कांग्रेसले चौधरीका लागि भन्दै आफूले लिएको थियो । तर प्रदेशसभा सदस्य समेत नदिएपछि माओवादीले पनि प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेको थियो ।

May be an image of text


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved