बागबजारमा घरको छतबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

नेपालभ्युज

बागबजारमा घरको छतबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

काठमाडौं। काठमाडौंको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज सोमबार बिहान मृत्यु भएको जानकारी दिए ।

घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved