प्रतिनिधिसभाका उम्मेदवारले ३ वटासम्म सम्पर्क कार्यालय खोल्न पाउँछन् : निर्वाचन आयोग

नेपालभ्युज

काठमाडौं। प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुले  आफ्नो क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्र समेट्ने गरी ३ वटासम्म सम्पर्क कार्यालय खोल्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारहरुले आफ्नो क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्र समेट्ने गरी बढीमा तीन वटा सम्पर्क कार्यालय खोल्न सक्ने बताएको हो ।

प्रदेशसभा सदस्यका उम्मेदवारहरुले भने एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउनेछन् । आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुले भने एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाइने छ ।

निर्वाचन आयोको सूचना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved