उपत्यकामा साँझ ९ बजेभन्दा पछि देउसी–भैलो खेल्न नपाइने

नेपालभ्युज

उपत्यकामा साँझ ९ बजेभन्दा पछि देउसी–भैलो खेल्न नपाइने
फाइल फोटो

काठमाडौं । काठमाडौं उपत्यकामा साँझ ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रबार यस्तो निर्णय गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार साँझ ९ बजेभन्दा पछि देउसी–भैलो खेल्न नदिइने भएको हो ।

यस्तै, आतिसबाजी गर्न र पटाका नपड्काउन सवैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको प्रजिअ अधिकारीले जानकारी दिए । ​

विद्युतीय माध्यमबाट पनि आगजनी हुन सक्ने हुनाले सचेत रहन स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved