ग्राहकको अश्लील भिडिओ खिचेको आरोपमा होटल म्यानेजर पक्राउ

होटल (लज)को कोठामा गोप्य क्यामेरा राखेर अश्लील भिडियो खिचेको आरोपमा प्रहरीले काठमाडौंमा एक जना होटल म्यानेजरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर रहेका छन्।

नेपालभ्युज

ग्राहकको अश्लील भिडिओ खिचेको आरोपमा होटल म्यानेजर पक्राउ

काठमाडौं। होटल (लज)को कोठामा गोप्य क्यामेरा राखेर अश्लील भिडिओ खिचेको आरोपमा प्रहरीले काठमाडौंमा एक जना होटल म्यानेजरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर रहेका छन्।

चन्द्रागिरि घर भएका ४२ वर्षका मुकेश मालीले गोप्य रूपमा अश्लील भिडिओ रेकर्ड गर्ने गरेको प्रहरीले जनाएको छ।

सूचना प्राप्त भएपछि प्रहरी वृत्त महाराजगन्जबाट टोली खटिएको थियो। त्यो टोलीले होटलमा पुगेर पालको मोबाइल जाँच गर्दा होटलमा बसेका विभिन्न व्यक्तिहरूको भिडिओ फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं जिल्ला अदालतबाटबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगन्जबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved