दोलखाको मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

नेपालभ्युज

दोलखाको मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं। मेगा बैंक नेपालले दोलखाको चरिकोटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले शुक्रबार एक समारोहका बीच भीमेश्वर नगरपालिका वडा नम्बर ३, स्थित जिल्ला मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर उद्घाटन गरेका हुन् ।

जिल्ला मालपोत कार्यालयका प्रमुख धनकुमार तामाङले मेगा बैंकको एक्सटेन्सन कार्यालय विस्तार भएपछि सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न मद्दत मिल्ने बताए । कार्यक्रममा कोष तथा लेखा नियन्त्रकको कार्यालय, दोलखाका प्रमुख मुरारी निरौला र मेगा बैंक चरिकोटका प्रबन्धक कपिलप्रसाद भण्डारीको पनि उपस्थिति थियो ।

एक्सटेन्सन काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि बिभिन्न स्थानहरूमा एक्सटेन्सन काउन्टरहरू विस्तार गरिसकेको छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको हाल देशभर २०८ वटा शाखा र २७ वटा एक्सटेन्सन काउन्टरहरू सञ्चालित छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved