दाङमा माइक्रोबस दुर्घटना

नेपालभ्युज

दाङमा माइक्रोबस दुर्घटना

दाङ । दाङको तुलसीपुर–अमेलिया सडकखण्डमा माइक्रोबस दुर्घटना भएको छ । तुलसीपुरबाट नेपालगञ्जतर्फ जादै गरेको भे १ ज ७९२ नम्बरको माइक्रोबस बिहिबार दुर्घटनामा परेको हो  ।

सो दुर्घटनामा  तीन जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनमाा गम्भीर घाइते भएका गाडी चालक २७ वर्षिय राजन बिकलाई थप उपचारका लागि  नेपालगञ्ज रिफर गरिएको छ ।

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका -१६ का ५० बर्षका सरिता बस्नेत र दंगीशरण गाउँपालिका – १ बाँकीका २० वर्षका टोपेन्द्र बिष्ट समान्य घाइते भएका छन् ।

उनीहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved