नवौं राष्ट्रिय खेलकुद

आर्मीलाई सडेन डेथमा हराउँदै एपीएफले जित्यो पुरुष फुटबलको स्वर्ण

नेपालभ्युज

आर्मीलाई सडेन डेथमा हराउँदै एपीएफले जित्यो पुरुष फुटबलको स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदमा पुरुष फुटबलको स्वर्ण एपीएफले जितेको छ । फाइनलमा आर्मी क्लबलाई सडेन डेथमा हराउँदै एपीएफले फुटबलको उपाधी जितेको हो ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । पाँच पेनाल्टीमा ४-४ गोलको बराबरी भएपछि सडेन डेथमा एपीएफले बाजी मारेको हो । एपीएफले पेनाल्टीमा ६-५ ले आर्मीलाई हराएको थियो ।

पेनाल्टीमा आर्मीका सेसेहाङ आङदेम्बे र सुमन अर्याल चुके । नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, बिबेक बस्नेत र विकास खवासले गोल गरे । एपीएफका नबिन लामा, आवास लामिछाने, सुदिप शिख्राकार, राजु योगी, दिपेश धिमाल र मणि कुमार लामाले गोल गरे । सनिस श्रेष्ठ भने चुके ।

एपीएफका प्रदिप लामा र आर्मीका पदम तामाङले रातो कार्ड पाएपछि दोस्रो हाफमा दुवै टोली १० खेलाडीमा सिमित भएका थिए ।

महिला फुटबलमा पनि एपीएफले नै स्वर्ण जितेको छ । पुलिस क्लबलाई २-१ गोल अन्तरले हराउँदै एपीएफको महिला टोलीले स्वर्ण जितेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved