जाजरकोटका बस्नेत र शाह – विगतका प्रतिस्पर्धी, अहिलेका सहयात्री

जाजरकोट जिल्लामा आगामी निर्वाचन निकै रोचक हुने देखिएको छ। २०७४ सालको निर्वाचनमा एक आपसमा प्रतिस्पर्धा गरेका पूर्वमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत र नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाह अहिले सहयात्री बनेका छन्।

जाजरकोटका बस्नेत र शाह – विगतका प्रतिस्पर्धी, अहिलेका सहयात्री

सुर्खेत। जाजरकोट जिल्लामा आगामी निर्वाचन निकै रोचक हुने देखिएको छ। २०७४ सालको निर्वाचनमा एक आपसमा प्रतिस्पर्धा गरेका पूर्वमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत र नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाह अहिले सहयात्री बनेका छन्।

२०७० सालको निर्वाचनमा दुई वटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा बस्नेत र शाह विजयी भएका थिए। क्षेत्र नम्बर–१ बाट माओवादीका शक्तिबहादुर बस्नेत र २ बाट कांग्रेसका राजीवविक्रम शाह विजयी भएका थिए।

२०७४ सालको निर्वाचनमा एउटा मात्रै निर्वाचन क्षेत्र हुँदा बस्नेतले ३२ हजार २८१ मतका साथ विजयी भए । कांग्रेसका शाहले २३ हजार २८९ मत पाएका थिए। त्यो बेला एमालेसँग माओवादीले गठबन्धन गरेको थियो भने अहिले कांग्रेस र माओवादीबीच गठबन्धन भएर बस्नेत र शाह सहयात्री बनेका छन्।

शाह अहिले मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशसभा ‘ख’ निर्वाचनमा होमिएका छन् भने बस्नेत अहिले प्रतिनीधिसभाका लागि तेस्रो पटक चुनाव जितेर ‘ह्याट्रिक’ गर्ने लक्ष्यमा रहेका छन्।

बस्नेतले अहिले एमालेका नीरज आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका राजबहादुर शाही, राप्रपाका दीपक खनाल, कांग्रेस बीपीका झलकनाथ वाग्ले र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की पनि चुनावी मैदानमा छन्।

बस्नेतसँग पहिलेका सहयात्री अहिलेका प्रतिस्पर्धी

बस्नेतसँग निर्वाचनमा होमिएका नीरज आचार्य र स्वतन्त्र उम्मेदवार बनेका नरबहादुर कार्की २०७४ सालको निर्वाचनमा सहयात्री रहेका थिए। आचार्य र कार्कीले निर्वाचनमा बस्नेत सहयोग गरेका थिए।

एमाले र माओवादी गठबन्धन भएका कारणले एमालेका केन्द्रीय सदस्य रहेका आचार्यले बस्नेतको चुनावी कमान्ड समालेका थिए। नरबहादुर कार्की माओवादी नेताका रूपमा बस्नेतको चुनावी प्रचारप्रसार गरेका थिए। यिनै दुवैको सहयोगले बस्नेतले चुनाव जितेका थिए । तर, अहिले आचार्य र कार्कीले बस्नेतलाई चुनौती दिएका छन्। कार्की माओवादी पृष्ठभूमिका भएकाले बढी मत काट्ने आङ्कलन गरिएको छ।

२०७४ सालमा यस्तो समानुपातिक मत

२०७४ सालको निर्वाचनमा जाजरकोटमा कांग्रेस पहिलो पार्टी भएको थियो । वाम गठबन्धनका कारण प्रत्यक्ष चुनाव हारे पनि समानुपातिकतर्फ कांग्रेसले २० हजार ४८६ मत पाएको थियो। एमालेले १७ हजार ६७१ मत र माओवादीले १३ हजार ५७१ मत पाएको थियो ।

तर, २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा एमाले सबैभन्दा बढी मत पाएर पहिलो दल बनेको थियो। कांग्रेस द्रोश्रो र माओवादीले तेस्रो मत पाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved