मामाघर गएकी बालिकाको करेन्ट लागेर मृत्यु

नेपालभ्युज

मामाघर गएकी बालिकाको करेन्ट लागेर मृत्यु

दैलेख। दैलेखको गुराँस गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको  छ । मृत्यु हुनेमा वडा नम्बर ४ की १३ वर्षीया दीपिका नेपाली रहेकी छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नेपाली मामाघर गएकी थिइन् ।

गुराँस गाउँपालिका–२ को गयलसेना सडकमा लत्रिएको विद्युतको तारबाट हिँड्दा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार गु बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा लगिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved