सत्यमोहनको शरीर नजलाइने, केमिकलको सहायतामा वर्षौँसम्म जस्ताको त्यस्तै राख्ने तयारी

नेपालभ्युज

सत्यमोहनको शरीर नजलाइने, केमिकलको सहायतामा वर्षौँसम्म जस्ताको त्यस्तै राख्ने तयारी

काठमाडौं। वाङ्मय शताब्दी पुरूष तथा संस्कृतिविद् सत्यमोहन जोशीको शरीर नजलाउने निर्णय भएको छ। आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो।

मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राख्ने निर्णय भएको छ ।

‘उहाँको शरीर नगल्ने केमिकल प्रयोग गरेर उहाँको शरीर अध्ययनका लागि राख्नेछौ’, अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले भने,‘यसरी राखिएको शरीर अनन्तकालसम्म जस्ताको तस्तै रहनेछ।’

शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ। जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved