पौडेलको प्रतिबद्धताः जनतालाई मालिक बनाउने गरी काम गर्छौं

पौडेलको प्रतिबद्धताः जनतालाई मालिक बनाउने गरी काम गर्छौं
फाइल तस्वीर

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई मालिक बनाउने गरी काम गर्ने सपना रहेको बताएका छन् ।

व्यास नगरपालिका–१२ स्थित कमलबारीमा शनिबारआयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्नु अहिलेको मुख्य लक्ष्य रहेको बताए । सहिदको बलिदानबाट प्राप्त भएका जनता अधिकारलाई कुठराघात गर्ने प्रवृत्ति हाबी हुँदै गएकाले त्यसको रक्षाका लागि गठबन्धनले खबरदारी गर्दै आएको उनले बताए ।

‘विदेसिने युवा शक्तिलाई स्वदेशमा बसेर रोजगारी गर्ने वातावरण मिलाइने गरी काम गरिनेछ,’ उनले भने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved