टिकट नपाएपछि असन्तुष्ट बनेका गजुरेलले बुझाए असहमति पत्र

नेपालभ्युज

टिकट नपाएपछि असन्तुष्ट बनेका गजुरेलले बुझाए असहमति पत्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले आगामी मंसिर ४ मा हुने  प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नपाएपछि असहमति पत्र बुझाएका छन् ।

शुक्रबार गजुरेलले आफ्ना सहयोगीमार्फत पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा असहमति पत्र पठाएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

दुई पटक सिन्धुली -२ बाट चुनाव जितेका गजुरेललेअसहमति पत्रमार्फत आफूलाई टिकट नदिनुको कारणबारे पदाधिकारीबीच छलफल गर्नुपर्ने माग गरेका छन् ।

यसपटक पनि उनी सोहि निर्वाचन क्षेत्रबाट  चुनाव लड्न चाहान्थे तर  माओवादी केन्द्रले सिन्धुली-२ मा जिल्ला इन्चार्ज लेखनाथ दाहाललाई टिकट दियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved