युक्रेनका भूभाग रुसमा गाभ्ने कार्यको राष्ट्रसंघद्वारा निन्दा

नेपालभ्युज

युक्रेनका भूभाग रुसमा गाभ्ने कार्यको राष्ट्रसंघद्वारा निन्दा

अमेरिका। राष्ट्रसंघको महासभाले युक्रेनका चारवटा भूभागलाई रुसमा गाभ्ने रुसी कार्यको विपक्षमा मतदान गरेको छ । प्रस्तावलाई १४३ देशहरूले समर्थन गरेका थिए । चीन र भारतसहित ३५ राष्ट्र सहभागी नभएको महासभामा रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले भने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

गत साता  क्रेमलिनमा आयोजित एक भव्य समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनी क्षेत्रहरू लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेरसनलाई रुसमा गाभ्नेसम्बन्धी एउटा दस्तावेजमा हस्ताक्षर गरेका थिए । त्यसअघि रुसले ती क्षेत्रमा स्व–घोषित जनमत संग्रह गरेको थियो । कथित जनमत संग्रहको पश्चिमा देशहरूले निन्दा गरेका थिए ।

प्रस्तावले अन्तर्राष्ट्रिय समुदायलाई रुसको विलयको कुनै पनि दाबीलाई मान्यता नदिन र यसलाई ‘तत्काल उल्टाउन’ माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved