यस्तो छ रोनाल्डोको ७०० ‘क्लब गोल’को यात्रा

स्पोर्टिङ लिस्बन, म्यान्चेष्टर यूनाइटेड, रियल मड्रिड र युभेन्टसका लागि कुल ९४३ क्लब खेलबात उनले ७०० गोलको कीर्तिमान रचेका हुन् । म्चान्चेष्टर यूनाईटेडका लागि भने यो उनको १४४ औँ गोल थियो ।

यस्तो छ रोनाल्डोको ७०० ‘क्लब गोल’को यात्रा

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको यस सिजन अत्यधिक चुनौतीले भरिएको देखिन्छ । गोल मेसिनका रुपमा चिनिने रोनाल्डोलाई यस सिजनमा लय भेट्याउन हम्मे हम्मे परिरहेको छ ।

तथापि, उनको चर्चा भने कम भएको छैन । कहिले पेनाल्टी गोल गरेर, कहिले असिस्ट गरेर, कहिले घाइते भएर त कहिले बेन्चमा बसेर । चर्चाले रोनाल्डोलाई पछ्याइरहेको छ ।

 

रोनाल्डोले ७०० क्लब गोलको कीर्तिमान बनाएर अर्को चर्चा बटुलेका छन् । आइतबार भएको एभर्टनविरुद्धको खेलमा रोनाल्डोले आफ्नो ७ सय गोलको आंकडा पुरा गरे ।

स्पोर्टिङ लिस्बन, म्यान्चेष्टर यूनाइटेड, रियल मड्रिड र युभेन्टसका लागि कुल ९४३ क्लब खेलबात उनले ७०० गोलको कीर्तिमान रचेका हुन् । म्चान्चेष्टर यूनाईटेडका लागि भने यो उनको १४४ औँ गोल थियो ।

उनले ४६० गोल दाहिने खुट्टाबाट र १२५ गोल बाँया खुट्टाले गरेका छन् । रोनाल्डोले ११३ गोल हेडरमार्फत गरे । बाँकी २ गोल भने रोनाल्डोले शरीरको अन्य भागबाट गरे ।

पहिलो गोल

रोनाल्डोले स्पोर्टिङ लिस्बनबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेका थिए । सन् २००२, सेप्टेम्बर २९ मा ब्रागाविरुद्धको खेलमा लिस्बनका लागि रोनाल्डोले १७ वर्षको उमेरमा डेब्यु गरे ।

सन् २००२ अक्टोबर ७ मा मोरिरेन्सेविरुद्ध उनले पहिलो गोल गरे । सो खेलमा उनले २ गोल गर्दै आफ्नो क्षमताको टिजर  देखाएका थिए ।

पहिलो ह्याट्रिक

सन् २००८ जनवरीमा न्यूकासल युनाईटेडविरुद्धको खेलमा रोनाल्डोले पहिलो ह्याट्रिक गरे । यूनाईटेडले सो खेल ६–० को फराकिलो अन्तरले जितेको थियो ।

सयौँ गोल

ओल्ड ट्राफोर्डमा टोटेनह्यामविरुद्धको खेलमा रोनाल्डोले आफ्नो १०० औँ गोल पुरा गरे । रोनाल्डोले २३ वर्षको उमेरमा सो आंकडा छोएका थिए । त्यसअघि पोर्चुगलका फुटबलर युसेबियोले पनि सोही उमेरमा १०० गोल गरेका थिए ।

 

म्यान्चेष्टर युनाईटेडका लागि १०० औँ गोल

सन् २००८ मा भएको स्टोक सिटीविरुद्धको खेलमा फ्रि किकमार्फत बललाई जाली चुमाउँदै रोनाल्डोले यूनाईटेडका लागि आफ्नो सयौँ गोल पुरा गरे ।

२०० औँ करियर गोल

सन् २०१० डिसेम्बरमा भ्यालेन्सियाविरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले आफ्नो २०० को आँकडा पनि पुरा गरे । रियल मड्रिडका  लागि रोनाल्डोले २५ वर्षको उमेरमा उक्त गोल गरेका थिए ।

रियल मड्रिडका लागि साढे चार सय गोल 

सन् २०१३ मा च्याम्पियन्स लिगअन्तर्गत लायनविरुद्धको खेलमा रोनाल्डोले रियल मड्रिडका लागि १०० औँ गोल पुरा गरे । लायनलाई २–० गोलअन्तरले पराजित गर्दा दुवै गोल रोनाल्डोले गरेका थिए ।

सन् २०१३ मा रोनाल्डोले मलागाविरुद्धको खेलमा मड्रिडका लागि २०० औँ गोल प्रहार गरे ।

सन् २०१५ मा रायो भालेकानोविरुदको खेलमा उनले मड्रिडका लागि ३०० औँ गोल गरे । यस्तै, सन् २०१७ मा सेभियाविरुद्धको खेल मड्रिडले ४–१ को फराकिलो अन्तरले जितेको थियो । सोही खेलमा उनले क्लबका लागि ४०० औँ गोल पुरा गरे ।

सन् २०१८ मेमा चीर प्रतिदद्धन्दी बार्सिलोनाविरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले मड्रिडका लागि ४५० औँ गोल गरे ।

करियरको ६०० औँ गोल

सन् २०१७ मा च्याम्पियन्स लिगको फाइनल खेलमा रियल मड्रिडले युभेन्टसलाई ४–१ गोल अन्तरले पराजित गर्‍यो । सोही खेलमा उनले आफ्नो करियरको ६०० औँ गोल गरे । सो जितमा रोनाल्डोले २ गोल गरे ।

७५० औँ करियर गोल

सन् २०२० डिसेम्बरमा च्याम्पियन्स लिगमा यूभेन्टसले डायनामो कीभलाई ३–० ले पराजित गर्यो । यूभेन्टसको लागि गोल गर्दै उनले ३५ वर्षको उमेरमा समग्र करिअरमा ७५० गोलको आंकडा छोए ।

रोनाल्डोले अहिले क्लब फुटबलमा मात्रै ७०० गोल गरेर आफूलाई अहिलेका फुटबल स्टारमा अग्रस्थानमा उभ्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved