उम्मेदवारी मनोनयनमा बाजागाजा गरेका प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

नेपालभ्युज

उम्मेदवारी मनोनयनमा बाजागाजा गरेका प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । गोरखाबाट उम्मेदवारी दर्ता गर्नेक्रममा बाजागाजासहित तामझाम गरेको भन्दै आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको हो  ।

आयोगद्वारा जारी निर्वाचन आचारसंहितामा मनोनयन पत्र दर्ता गर्दा ध्यान दिनुपर्ने कुरा उल्लेख गरिएको छ । आयोगले सामाजिक सञ्जालबाट बाजागाजासहित तामझाम गरेर मनोनयन दर्ता गरेको थाहा पाइएको भन्दै सोधेको छ- ‘यो विषय सत्य हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने ?’

बुधबार यसबारे निर्णय भइसकेको र छिट्टै पत्राचार गर्ने आयोग स्रोतले जनाएको छ । आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारी रद्द गर्ने सम्मका निर्णय हुनसक्ने दलहरूले हस्ताक्षर गरेको आयोगको आचारसंहितामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved