घनश्याम भुसाललाई सहयोग गर्न लुम्बिनी एमालेका ३१ जनाको सामूहिक राजीनामा

नेकपा एमालेबाट दुई जना लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना नेता–कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन्। रुपन्देहीको क्षेत्र नं १ का मतदाता रहेका उनीहरूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

नेपालभ्युज

घनश्याम भुसाललाई सहयोग गर्न लुम्बिनी एमालेका ३१ जनाको सामूहिक राजीनामा

काठमाडौं। नेकपा एमालेबाट दुई जना लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना नेता–कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन्। रुपन्देहीको क्षेत्र नं १ का मतदाता रहेका उनीहरूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

साथै उनीहरूले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही १ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएका घनश्याम भुसाललाई सहयोग गर्ने घोषणा गरेका छन्।

भुसालले प्रतिनिधिसभाको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनलाई सत्तारुढ गठबन्धनको साथ छ। भूसालको प्यानलमा नेपाली कांग्रेसका विश्वनाथ यादव र अब्दुल रज्जाकले प्रदेशसभाका लागि उम्मेदवार छन्।

एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमार रायलगायतले पार्टी त्यागेको घोषणा गरेका हुन्।

रुपन्देही–१ बाट नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनबाट प्रतिनिधिसभाका लागि एमालेका छविलाल विश्वकर्मा, प्रदेशसभा सदस्यको लागि एमालेकै दधिराम न्यौपाने र राप्रपाका आशीष चौधरीले उम्मेदवारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved