विष्णु पौडेलका प्रतिद्धन्दी राजु गुरुङको उम्मेदवारी खारेज

रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । 

नेपालभ्युज

विष्णु पौडेलका प्रतिद्धन्दी राजु गुरुङको उम्मेदवारी खारेज

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलवार साँझ एक सूचना प्रकाशित गरी गुरुङको उम्मेदवारी खारेज भएको जानकारी गराएका हुन् ।

आयोगको विज्ञप्तिमा गुरुङ उम्मेदवार हुन अयोग्य भएको भनिएको छ । तर के कारणले अयोग्य भएको भन्ने खुलाईएको छैन ।

यद्यपी गुरुङलाई बैंकले ऋणका कारण कालोसूचीमा राखेकाले उम्मेदवारी खारेज भएको आयोग स्रोतको दाबी छ ।

गुरुङ अध्यक्ष रहेको नर्थ वेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने २ करोड २५ लाख रुपैंयाँ नतिरेको भन्दै अदालतमा २०७६ सालमा बैंकिङ कसुर सम्बन्धी उजुरी परेको थियो ।

काठमाण्डौं जिल्ला अदालतले नर्थवेष्ट नेपाल इन्फा प्रालि, गुरुङसहितका ६ जनालाई विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १०७ (क) बमोजिम जनही २ हजार रुपैंयाँ जरिवानासहित मागदाबी अनुसारको बिगो तिराउने फैसला गरेको थियो ।

निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालो सुचीमा परेको व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख गरेको छ । सोही अनुसार नै उम्मेदवारी खारेज गरेको आयोग स्रोतले जनाएको छ ।

आयोगले रुपन्देही २ मै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसालको उम्मेदवारी पनि खारेज गरेको छ । निकोलसका नामले चिनिने कमल पछिल्लो पटक रुपन्देहीमा चर्चामा थिए ।

स्वतन्त्र उम्मेदवार हिमाल बश्याललाई पनि अयोग्य ठहर गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved