कोभिड मत्थर भएसँगै विमानस्थलहरूमा यात्रीको चाप बढ्यो

नेपालभ्युज

कोभिड मत्थर भएसँगै विमानस्थलहरूमा यात्रीको चाप बढ्यो
फाइल फोटो

टोकियो । कोभिड–१९ महामारी मत्थर भएसँगै यात्रा प्रतिबन्ध हटाएपछि जापानका विभिन्न विमानस्थलमा यात्रीको चाप बढेको छ । जापान भ्रमण गर्ने विदेशी पर्यटक तथा विदेश जान चाहने जापानीहरूको भीड विमानस्थलमा ह्वात्तै बढेको हो ।

जापान सरकारले अत्यावश्यक बाहेकका विदेश यात्रामा लगाएको प्रतिबन्ध हटाउँदै कोभिड सङ्क्रमण नियन्त्रणका निम्ति अवलम्बन गरिएका स्वास्थ्य सावधानी र नियमहरूलाई पालना गर्दै यात्राको अनुमति दिएको छ । जापानबाट क्यानडा जाने यात्री तथा क्यानडाका विभिन्न विमानस्थलबाट जापान आउने पर्यटकहरूको विमानस्थलमा लर्को लागेको वायुसेवा प्रदायक कम्पनीहरूले बताएका छन् ।

कोभिडविरुद्ध खोप लगाएको हुनुपर्ने, कोभिड परीक्षण प्रतिवेदन नकारात्मक हुनुपर्ने, हरदम मास्क लगाउनुपर्नेलगायत स्वास्थ्य सुरक्षा प्रावधानलाई भने जापान सरकारले अनिवार्य गरेको छ । दुवै अमेरिकी मुलुक, एशियाली एवम् युरोपेली राष्ट्रका पर्यटकले अब एकान्त बासमा बस्नुपर्ने छैन । यद्यपि अस्वस्थ पर्यटकको हकमा यो नियम लागु हुनेछैन ।

यसैबीच, विमान कम्पनीहरूले यसअघि बेचेका छुटका टिकट तथा भुटान, थाइल्याण्ड, मलेसिया, भियतनामलगायत देशले बन्द गरेका आफ्ना सीमा नाका खोलेपछि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्नेहरूको भीड अनपेक्षित रूपमा बढेको छ । विमानस्थलको अध्यागमन कक्षमा यात्रीका लामा लाइन लागेका छन् । अर्थतन्त्रलाई गतिशील बनाउन ती देशले यात्रीलाई स्वागत गर्ने बताएपछि पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको अध्यागमनका अधिकारीहरूले बताएका छन् ।  एएनआई

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved