नेप्सेमा गिरावट, सेयर कारोबार ५५ करोडमा झर्‍यो

नेपालभ्युज

नेप्सेमा गिरावट, सेयर कारोबार ५५ करोडमा झर्‍यो

काठमाडौं।  सेयर बजार परिसूचक नेप्सेमा  मंगलबार पनि गिरावट आएको छ । सोमबार २७ अंकले घटेर १८७१ अंकमा झरेको नेप्से सूचक मंगलबार थप १६ अंकले घट्न पुगेको हो ।

यस दिन नेप्से सूचक १६.०६ अंकले घट्दै १८५५.१६ अंकमा ओर्लिएको छ । उसो त १६ अंकले घटेको बजारमा आज कारोबार रकम समेत ५५ करोडमा खुम्चिन पुगको छ । अघिल्लो दिन २७ अंकले घटेको बजारमा ९७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

मंगलबार ट्रेडिङ, होटल तथा पर्यटन र म्युचुअल फन्ड बाहेकका अन्य उपसूचकहरु ऋणात्मक भएका छन् । डेभलपमेन्ट बैंक समूहको उपसूचक १.२८ प्रतिशतले घटेको छ भने आज जीवन बीमा समूहको उपसूचक १.२१ प्रतिशतले र अन्य समूहको उपसूचक १.२१ प्रतिशतले घटेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved