रुपन्देही ५ मा अर्को ट्वीस्ट, एमालेबाट घिमिरेले पाए आधिकारिक उम्मेदवारको मान्यता

नेपालभ्युज

रुपन्देही ५ मा अर्को ट्वीस्ट, एमालेबाट घिमिरेले पाए आधिकारिक उम्मेदवारको मान्यता

बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमालेको तर्फबाट बासुदेव घिमिरेलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ । उक्त क्षेत्रमा एमालेबाट दुईजनाको उम्मेदवारी परेको थियो ।

एमाले नेतृत्वले खिमलाल भट्टराई आधिकारिक भएको बताए पनि आयोगले भने घिमिरेलाई मान्यता दिएको हो । दुईमध्ये घिमिरेले पहिले उम्मेदवारी दर्ता गराएकाले उनले नै आधिकारिकता पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका थियो । एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७८ मा उल्लेख भएकाले सोही अनुसार निर्णय भएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिए ।

निर्देशिकामा दलले एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख छ ।

उक्त निर्वाचन क्षेत्रमा पहिले घिमिरेले टिकट पाएका थिए । तर पछि भट्टराईलाई दिइएको थियो । दुवैले आफू आधिकारिक भएको दाबी गरेका थिए ।

भट्टराईले उम्मेदवारी दिन राष्ट्रियसभाको सांसदबाट समेत राजीनामा दिइसकेका छन् । घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्व मेयर हुन् । घिमिरे उपाध्यक्ष विष्णु पौडेल र भट्टराई महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved