सप्तरी–२ बाट उपेन्द्र यादवको उम्मेदवारी दर्ता

नेपालभ्युज

सप्तरी–२ बाट उपेन्द्र यादवको उम्मेदवारी दर्ता
फाइल तस्वीर

काठमाडौं ।  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

राजविराजको मुख्य निर्वाचन कार्यालयमा आइतबार उनले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा (एमाले)सँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

यादव विसं २०७४ मा पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । संविधानसभाका २०६४ र २०७० को निर्वाचनमा भने उनि सुनसरी–५ बाट निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved