चित्रबहादुर केसीले गराए बागलुङ-१ बाट उम्मेदवारी दर्ता

चित्रबहादुर केसीले गराए बागलुङ-१ बाट उम्मेदवारी दर्ता
फाइल तस्वीर

बलेवा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि बागलुङको क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष केसीले बागलुङ बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफैँ पुगेर आइतबार अपराह्न उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गर्न उनि शनिबार नै बागलुङ आइपुगेका  थिए ।

सङ्घीय संसद्का लागि अध्यक्ष केसीको मनोनयन दर्तामा कृष्ण अधिकारी प्रस्तावक र लक्ष्मी बाँस्कोटा समर्थक छन् । उनले पाँचदलीय गठबन्धनको सहयोगमा उम्मेदवारी दिएका  हुन् । उनिसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को तर्फबाट निवर्तमान सांसद डा सूर्य पाठकले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved