एमाले र जसपाबीच १४ जिल्लामा तालमेलको सहमति

नेपालभ्युज

एमाले र जसपाबीच १४ जिल्लामा तालमेलको सहमति

काठमाडौं। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेल गर्ने सहमति भएको छ।

मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेल गरेर चुनटब लड्ने दुई दलबीच आज सहमति भएको हो।

यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने सहमति भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जपसा अध्यक्ष उपेन्द्र यादवबीच आज भएको सहमति अनुसार प्रदेशसभातर्फ एमालेले ७० सिट र जसपाले ४२ सिट लिएको छ। सत्ता गठबन्दनमा १६ सिट पाएको जसपा त्यसमा असन्तुष्टि जनाउँदै एमालेसँग तालमेल गर्न पुगेको छ।   


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved