यी हुन् एकीकृत समाजवादीबाट प्रतिनिधिसभाका उम्मेदवार

नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका सिटमा उम्मेदवार टुंगो लगाएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट–१ र सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट उम्मेदवार हुनेछन् । 

नेपालभ्युज

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका सिटमा उम्मेदवार टुंगो लगाएको छ ।

सत्ता गठबन्धनमा एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ २० सिट पाएको छ ।

पार्टी प्रवक्ता जगनाथ खतिवडाका अनुसार पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट–१ र सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट उम्मेदवार हुनेछन् ।

यस्तै जगनाथ खतिवडा उदयपुर–२, कृष्ण कुमार श्रेष्ठ (किसान) बारा–४, जीवनराम श्रेष्ठ काठमाडौं–८ मा उम्मेदवार हुनेछन् ।

कृष्णलाल महर्जन ललितपुर–२, राजेन्द्र पाण्डे धादिङ–१, विरोध खतिवडा मकवानपुर–२, श्रीनाथ बराल कास्की–२, रामकुमारी झाँक्री गुल्मी–२, सोमप्रसाद पाण्डे पाल्पा–२, राजु गुरुङ रुपन्देही–२ र मेटमणी चौधरी दाङ–१ बाट चुनाव लड्ने खतिवडाले जानकारी दिए ।

सल्यानमा प्रकाश ज्वाला, डोल्पामा धनबहादुर बुढा, दैलेखमा-१ मा अम्बर थापा तथा शेरबहादुर कुँवर अछाम–१, भानुभक्त जोशी बझाङ र प्रेम आले डोटीबाट उम्मेदवार हुने उक्त पार्टीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved