बाबुरामको आग्रहमा गोरखा-२ बाट चुनाव लड्न प्रचण्ड तयार

माओवादीले गर्‍यो औपचारिक निर्णय

भट्टराईले आफूले नलड्ने घोषणा गरेपछि उक्त क्षेत्रबाट उठ्न प्रचण्डलाई आग्रह गरेका थिए । चितवन ३ सुरक्षित नभएको भन्दै भट्टराईले गोरखा आउन प्रचण्डलाई निम्ता दिएका थिए । केही समयको सरसल्लाह पछि प्रचण्ड गोरखा २ बाट उठ्न तयार भएका हुन् । 

नेपालभ्युज

बाबुरामको आग्रहमा गोरखा-२ बाट चुनाव लड्न प्रचण्ड तयार
फाइल फोटो

काठमाडौं । केही रस्साकस्सीपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने निश्चित भएको छ ।

माओवादीको शुक्रबार बसेको पदाधिकारी बैठकले प्रचण्डलाई गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने चर्चा भइरहे पनि सुरक्षित क्षेत्र खोज्दै गोरखा २ मा पुगेका हुन् । उक्त क्षेत्रमा यसअघि जितेका नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी चुनावमा नलड्ने घोषणा गरेका थिए ।

भट्टराईले आफूले नलड्ने घोषणा गरेपछि उक्त क्षेत्रबाट उठ्न प्रचण्डलाई आग्रह गरेका थिए । चितवन ३ सुरक्षित नभएको भन्दै भट्टराईले गोरखा आउन प्रचण्डलाई निम्ता दिएका थिए । केही समयको सरसल्लाह पछि प्रचण्ड गोरखा २ बाट उठ्न तयार भएका हुन् ।

यो पटक प्रचण्डलाई हराउन चितवनमा निकै ठुलो गठजोड हुने संकेत पाएको उनी निकट नेताले बताइरहेका छन् । प्रचण्ड नउठेको भए गोरखा २ कांग्रेसले लिने सत्ता गठबन्धनमा सहमति भएको थियो । सम्भवत अब गोरखा १ कांग्रेसले लिनेछ ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा गोरखा २ मा गठबन्धनको अत्यधिक मत छ । पहिलो रहेको माओवादीलेको करिब २२ हजार, दोस्रो रहेको कांग्रेसको करिब २१ हजार र तत्कालिन जसपाको साढे ७ हजार मत छ ।

नेकपा एमालेको ७ हजार भन्दा केही बढी मात्रै मत छ ।

प्रचण्डले पहिलो संविधानसभामा रोल्पा र काठमाडौं १० बाट चुनाव जितेका थिए भने २०७० को दोस्रो संविधानसभामा सिरहा–५ बाट मुस्किलले जिते भने काठमाडौं–१० बाट पराजित भए । २०७४ मा भने उनी चितवन ३ बाट निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved