काठमाडौं ७ मा गठबन्धनबाट मानुषी उठने निश्चित, यी हुन् नेसपाका अन्य उम्मेदवार

यसअघि काठमाडौं ७ मा जसपा र नेसपाको दाबी थियो । जसपा गठबन्धनबाट बाहिरिएपछि मानुषीका लागि सहज भएको हो । एमालेले उक्त क्षेत्र जसपालाई दिने भएको छ । जसपाबाट मन्त्री राजेन्द्र श्रेष्ठ उम्मेदवार हुने सम्भावना छ ।

नेपालभ्युज

काठमाडौं ७ मा गठबन्धनबाट मानुषी उठने निश्चित, यी हुन् नेसपाका अन्य उम्मेदवार

काठमाडौं । सत्ता गठबन्धनमा अधिकांश स्थानमा सिट बाँडफाँट भएको छ । काठमाडौं क्षेत्र नम्बर ७ मा गठबन्धनबाट मानुषी यमी भट्टराई चुनाव लड्ने निश्चित भएको छ ।

गठबन्धनमा भएको सहमति अनुसार उक्त क्षेत्र नेपाल समाजवादी पार्टीले पाएको छ । समाजवादीबाट मानुषी उम्मेदवार हुने तय भएको छ । उनी माओवादीको चुनाव चिन्ह हँसिया हथौडा लिएर उठ्नेछिन् ।

यसअघि काठमाडौं ७ मा जसपा र नेसपाको दाबी थियो । जसपा गठबन्धनबाट बाहिरिएपछि मानुषीका लागि सहज भएको हो । एमालेले उक्त क्षेत्र जसपालाई दिने भएको छ । जसपाबाट मन्त्री राजेन्द्र श्रेष्ठ उम्मेदवार हुने सम्भावना छ ।

नेसपाका अध्यक्ष महिन्द्र राय यादव सर्लाही २ मा प्रतिनिधिसभाको उम्मेदवार बन्ने पनि टुंगो लागेको छ । त्यसवाहेक सर्लाही २ को प्रदेश ‘क’ पनि नेसपाले नै पाएको छ । यस्तै सिन्धुली २ को प्रदेश ख मा नेसपाका नेता गंगानारायण श्रेष्ठ उम्मेदवार हुने तय भएको छ । गोरखा २ को प्रदेश क मा नेसपाका फणीन्द्र देवकोटा उठ्ने लगभग तय भएको नेसपा स्रोतले जनाएको छ । लुम्बिनीमा भने उम्मेदवार टुंगो लाग्न बाँकी छ ।

नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले भने चुनाव नलड्ने घोषणा यसअघि नै गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved