लुम्बिनीमा यस्ता छन् एमालेका उम्मेदवार : कोमल वली इन, घनश्याम भूसाल आउट

नेपालभ्युज

लुम्बिनीमा यस्ता छन् एमालेका उम्मेदवार : कोमल वली इन, घनश्याम भूसाल आउट

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ ।

जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग चुनावी तालमेल हुने क्षेत्र छुट्याएर एमालेले शुक्रबार टिकट वितरण गरेको हो । घनश्याम भुसाल टिकटबाट आउट भएका छन् । गायीका कोमल वलीले भने प्रत्यक्षमा टिकट पाएकी छन् ।

एमालेले रुपन्देही–१ बाट छवीलाल विश्वकर्मालाई टिकट दिएको छ । सो क्षेत्रको प्रदेशसभा (क) मा तालमेलका लागि छुट्याइएको छ भने (ख) बाट दधिराम न्यौपानेलाई टिकट दिइएको छ ।

रुपन्देही–२ मा विष्णुप्रसाद पौडेललाई टिकट दिइएको छ ।  प्रदेशसभा तर्फ (क) लिला गिरि र (ख) मा भोजप्रसाद श्रेष्ठले टिकट पाएका छन् ।

रुपन्देही–३   राप्रपाका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा तालमेलका लागि छुट्याइएको छ भने (ख) मा तुलसीप्रसाद चौधरीले टिकट पाएका छन् ।

रुपन्देही–४ मा तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा हजरत अलि र (ख) तालमेलका लागि छुट्याइएको छ ।

रुपन्देही–५ पनि तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) भुमेश्वर ढकाल र (ख) मा तालमेलका लागि छुट्याइएको छ ।

कपिलवस्तु–१ मा बलराम अधिकारीलाई टिकट दिइएको छ । प्रदेशसभा तर्फ (क) बिष्णु पन्थी र (ख) तालमेलका लागि छुट्याइएको छ ।

कपिलवस्तु–२ मा बृजेशकुमार गुप्तालाई टिकट दिइएको छ । प्रदेशसभा तर्फ (क) नवराज लामिछाने र (ख) धर्मबहादुर लाल श्रीवास्तव उम्मेद्वार बनेका छन् ।

कपिलवस्तु–३ मा मंगलप्रसाद गुप्ता एमालेकव उम्मेदवार हुनेछन् भने, प्रदेशसभातर्फ (क) मा अर्जुनकुमार रेग्मी र (ख) मा तालमेल हुने भएको छ ।

दाङ–१ मा शान्ता चौधरीले टिकट पाएकी छन् । प्रदेशसभा तर्फ (क) मा गंगाराम भट्टराई र (ख) मा कुलप्रसाद केसीलाई टिकट दिइएको छ ।

दाङ–२ मा शंकर पोखरेलले टिकट पाएका छन् भने प्रदेशसभा  (क) मा बलिभद्र राना र (ख) मा गिरिराज केसीलाई टिकट दिइएको छ ।

दाङ–३ मा कोमल वली उम्मेद्वार बन्ने भएकी छन् भने प्रदेशसभा तर्फ (क) मा घनश्याम पाण्डे र (ख)मा हुकुमबहादुर बस्नेतले टिकट पाएका छन् ।

बाँके–१ मा सूर्यप्रसाद ढकालले पाएका छन् । प्रदेश तर्फ (क) तालमेलका लागि छुट्याइएको छ भने (ख) मा दुर्गाप्रसाद चौधरीले टिकट पाएका छन् ।

बाँके–२ जसपाका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा विजय यादव र (ख) मा निरजबहादुर गुरुङलाई टिकट दिइएको छ ।

बाँके–३ मा किस्मतकुमार कक्षपतिलाई टिकट दिइएको छ । प्रदेशतर्फ (क) रत्नबहादुर खत्री र (ख) भीमबहादुर वलीले टिकट पाएका छन् ।

बर्दिया–१ मा लक्ष्मणराज ज्ञवालीले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) मा शालिकराम अधिकारी र (ख) भक्तबहादुर विकले टिकट पाएका छन् ।

बर्दिया–२ मा पंकजसिंह रौठोरले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) लहनु चौधरी र (ख) मा कृष्णी थारुले टिकट पाएकी छन् ।

गुल्मी–१ मा प्रदीपकुमार ज्ञवाली उम्मेदवार बन्नेछन् । प्रदेशसभा तर्फ (क) चिन्तामणि पाण्डे र (ख) मा ठर्सूराम पाण्डेले टिकट पाएका छन् ।

गुल्मी–२ मा गोकर्ण बिष्ट उम्मेदवार बन्नेछन् । प्रदेशसभा तर्फ (क) मा डिल्लीराज भुसाल र (ख) मा दिनेश पन्थीले टिकट पाएका छन् ।

पाल्पा–१ मा नारायणप्रसाद आचार्यले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) मा राजुप्रसाद श्रेष्ठ र (ख) मा खिमबहादुर सारुले टिकट पाए ।

पाल्पा–२ मा ठाकुर गैरेले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) पर्शुराम भट्टराई र (ख) मा ओमबहादुर घर्ती उम्मेदवार बन्नेछन् ।

पश्चिम नवलपरासी–१ तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा पुन्यप्रसाद पौडेल र (ख) मा दीपकराज शर्माले टिकट पाए ।

पश्चिम नवलपरासी–२ मा दीपेन्द्रकुमार अधिकारीले टिकट पाए । प्रदेशसभा तर्फ (क) मणिप्रसाद गैरे र (ख) तालमेलका लागि छुट्याइएको छ ।

प्यूठानबाट सूर्यबहादुर थापा क्षेत्रीले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) तुलसीराम शर्मा र (ख) मा हरिप्रसाद रिजालले टिकट पाए ।

अर्घाखाँचीबाट टोपबहादुर रायमाझीले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) चेतनारायण आचार्य र (ख) बाट रामजीप्रसाद घिमिरेले टिकट पए ।

यस्तै रोल्पामा पूर्णबहादुर बुढामगरलाई टिकट दिइएको छ भने प्रदेशसभा तर्फ (क) मा कमल बुढाथोकी र (ख) मा प्रेमबहादुर घर्तिमगरले टिकट पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved