बारा बस दुर्घटना अपडेट : मृतक १६ मध्ये ९ जनाको सनाखत

नेपालभ्युज

बारा बस दुर्घटना अपडेट : मृतक १६ मध्ये ९ जनाको सनाखत

काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ पूर्व पश्चिम राजमार्गको तीन नम्बर पुल नजिक यात्रुबाहक बस दुर्घटना मृत्यु हुने १६ जनामध्ये ९ जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका दुर्घटनामा मृत्यु हुनेमा बारा कलैया-१० का ३५ वर्षीय बाज्रीना खातुन, पर्सा वीरगञ्जका ६५ वर्षीय सोमप्रसाद चौरासीया, ३५ वर्षीया मुन्नीदेवी चौरासीया, मकवानपुर हेटौँडा-७ की ५५ वर्षीया शभलक्ष्मी श्रेष्ठ र २० वर्षीया स्वस्तिका श्रेष्ठ, कलैयाकै २२ वर्षीय इन्ताक अन्सारी, बारा अमलेखगञ्जका २८ वर्षीय सुरेश विक, ४५ वर्षीय लालबहादुर बोगटी तथा गोर्खाकी अम्बिका कंडेल रहेका छन्।

दुर्घटनामा घाइते भएकाहरुमध्ये उपचारको क्रममा १२ जना हेटौंडा अस्पतालमा, २ जना चुरेहिल अस्पताल, एक जनाको मकवानपुर सहकारी अस्पताल तथा एक जनाको चितवनमा ज्यान गएको हो। घाइतेहरू २० जनामध्ये आधा दर्जन बढीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको वागमती प्रदेश ०६-००१ ख ०११० नम्बरको बस अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीको भनाइ छ। घाइतेमध्ये २० जनालाई हेटौंडामा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन रेफर गरिएको छ।

यो पनि पढ्नुहोस्

बारा बस दुर्घटनामा घाइते २० जनालाई चितवन पठाइयो

बस दुर्घटना अपडेट : १० पुरुष र ६ महिला गरी १६ को मृत्यु

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved