बारा बस दुर्घटनामा घाइते २० जनालाई चितवन पठाइयो

नेपालभ्युज

बारा बस दुर्घटनामा घाइते २० जनालाई चितवन पठाइयो

काठमाडौं। बारामा बिहीबार बिहान भएको बस दुर्घटनाका घाइते भएका २० जनालाई थप उपचारका लागि भरतपुर पठाइएको छ।

हेटौंडाका विभिन्न अस्पतालमा प्राथमिक उपचारपछि उनीहरुलाई चितवन पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चितवन पठाइएका घाइतेहरूमा हेटौंडा उपमहानगरपालिका-१४ का १४ वर्षीय अमृत लोप्चन, सोही ठाउँका अन्दाजी १२ वर्षीय विज्ञान घिसिङ, हेटौंडा-१४ चुरियामाइ बस्ने अन्दाजी ३४ वर्षकी ठुलीमाया स्याङ्तान, सोही स्थानकी अन्दाजी ३५ वर्षकी मञ्जुकुमारी लोप्चन, हेटौंडा-१४ कै अन्दाजी १५ वर्षीय प्रशान्त स्याङ्तान, सोहो ठाउँका अन्दाजी ७ वर्षीय सुविना घिसिङलाई पनि उपचारका लागि चितवनको खैरेनी नगरपालिका-८ का अन्दाजी ५४ वर्षीय भीमसेन अधिकारी, खैरेनीकै अन्दाजी ३८ वर्षीय रविना अधिकारीलाई तप उपचारका लागि चितवन पठाइएको छ।

यस्तै वीरगञ्ज महानगर-१६ का २२ वर्षीय रविना चौरसिया, सोही स्थानका अन्दाजी २५ वर्षीय सन्दीप चौरसिया, ४० वर्षीय लक्ष्मीदेवी चौरसिया, ६२ वर्षीय मालती चौरसियालाई पनि चितवन पठाइएको प्रहरीले जनाएको छ।

यस्तै हेटौंडा उपमहानगर-७ का अन्दाजी १७ वर्षीय सोनिया श्रेष्ठ, जीतपुर सिमरा उपमहानगरपालिका-२२ बस्ने अन्दाजी ११ वर्षका शिशिर विक, वीरगञ्ज महानगर-१६ निवासी ११ वर्षीय दिवी आयान चौरसिया, सोही स्थानका प्रिन्स चौरसिया, चितवनका २० वर्षीय आयुस बास्तोला, वीरगञ्ज-१६ बस्ने अन्दाजी ७ वर्षका दिपेश चौरसियालाई पनि थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।

यसैगरी हेटौंडा उपमहानगर-८ बस्ने १७ वर्षीय सलमान आलम र सोही ठाउँका अन्दाजी १५ वर्षीय सवनम खातुनलाई पनि चितवन पठाइएको छ।

प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६-००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो।

बसमा करिब ५० जना सवार थिए। सो दुर्घटनामा १६ जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved