बस दुर्घटना अपडेट : १० पुरुष र ६ महिला गरी १६ को मृत्यु

नेपालभ्युज

बस दुर्घटना अपडेट : १० पुरुष र ६ महिला गरी १६ को मृत्यु

काठमाडौं। बारामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार बिहान करिब ११ बजे भएको सो दुर्घटनामा १९ जना घाइते भएका छन्।

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६-००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो।

बस सडकबाट तल खोलामा खसेको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं एसपी होविन्द्र बोगटीका अनुसार घटनास्थलमा ८ जना र ६ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा १० पुरुष र ६ महिला भएको उनले जानकारी दिए। मृतकको सनाखत भने हुन सकेको छैन। दुर्घटना लगत्तै प्रहरी टोली उद्धारमा खटिएको थियो। घाइतेलाई हेटौंडा अस्पताल र सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका लागि लगिएको उनले बताए।

घटनास्थल ओरालो र घुम्ति भएकाले ब्रेक फ्रेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved