पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

नेपालभ्युज

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

काठमाडौं। दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ। लमही नगरपालिका-६ स्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो।

सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाका प्रहरी नायब निरीक्षक प्रकाश जैसी ढकालले दिउँसो पाँच जना साथी मिलेर नुहाउन गएका उनीहरू जसमध्ये दुई जनाको मृत्यु भएको जानकारी दिए।

लमही नगरपालिका-४ अर्नहवा निवासी १३ वर्षीय ललित परियार र १० वर्षीय अजित बिकको डुबेर मृत्यु भएको हो। नुहाउने क्रममा बालक डुबेको खबर पाएलगत्तै सशस्त्र प्रहरी नायब निरीक्षक ढकालको कमान्डमा तालिमप्राप्त सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved