ओलीको शुभकामना कार्यक्रम, लिङ्गदेन र सिटौला विशेष अतिथि

नेपालभ्युज

काठमाडौं । दशैं मनाउन झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली विहानैदेखि कार्यकर्ता भेटघाटमा व्यस्त भएका छन् ।

आफुलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका ओली झापाको क्षेत्र नम्बर ५ बाट उम्मेद्वारी दिने तयारीमा छन् । यसअघि पनि उनले सोही निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए ।

२०५१ सालदेखि वर्षेनी झापा पुगेर ओलीले दशैको शुभकामना कार्यक्रम गदै आएका छन् । सोही अनुरुप ओलीले विर्तामोडमा आज दिउसो शुभकामना कार्यक्रम राखेका छन् ।

स्थानीय पार्टी प्यालेसमा हुने कार्यक्रममा सहभागी हुन उनले कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनसहित अन्य दलका नेतालाई समेत निम्तो पठाएका छन् ।

दिउसो १ बजे हुने कार्यक्रममा जिल्लामा रहेका अन्य दलका शिर्ष नेताहरु पनि सहभागी हुने अपेक्षा गरिएको एमाले झापा इञ्चार्ज अग्नी खरेलले बताए ।

वर्षेनी नवमीका दिन ओलीले झापामा शुभकामना कार्यक्रम गदै आएका छन् । यसपटक उनी पत्नी राधिका शाक्यसहित दशैं मनाउन पुर्खौली घर झापा पुगेका हुन् ।

भद्रपुरको पृथ्वीनगरस्थित घरमा बुबा मोहनप्रसादको हातको टिका लगाएर ओली भोलिनै काठमाडौं फर्किदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved