आगामी आइतबार मनोनयन दर्ता, के-के चाहिन्छ कागजात?

नेपालभ्युज

आगामी आइतबार मनोनयन दर्ता, के-के चाहिन्छ कागजात?
फाइल फोटो

काठमाडाै‌ं। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ उम्मेद्वार हुनेले यहि आइतबार कार्यालय समयभित्रमा मनोनयन पत्र दर्ता गर्नु पर्ने सूचना जारी गरेको छ।

मङ्सिर ४ गते हुन लागेको पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचन तर्फको मनोनयन पत्र दर्ताको समय असोज २३ गते आइतबार बिहान १० बजे देखि सॅाझ ५ बजे सम्म मात्र रहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगले सूचना जारी गर्दै मनोनयन पत्रसँगै उम्मेदवारहरूले संलग्न गर्नुपर्ने कागजातका बारेमा पनि जानकारी गराएको छ ।

आयोगले मनोनयन पत्र लिएर जादा निम्न लिखित कागजात लिएर आउन अपिल गरेको छ।

१)  उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि

२)  मतदाता नामावलीमा नाम समावेश भएको निस्सा

३)  प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा

४)  दलको उम्मेदवारको हकमा दफा १८ बमोजिमको औपचारिक पत्र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा
प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (७ बमोजिम)

५) धरौटी जम्मा गरेको नगदी रसिद वा बैक भौचर

६) स्वघोषणा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९
को अनुसूची (६ बमोजिम)

७) उम्मेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य
निर्वाचन निर्देशिका, २०७४ को अनुसूची (बमोजिम)

८) उम्मेदवारको वैयक्तिक विवरण फाराम प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (१० बमोजिम)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved