काठमाडौं । दशैं विदामा पनि काठमाडौं महानगरले आफ्ना नागरिकका लागि विशेष सेवा सञ्चालन गर्ने मेयर बालेन शाहले जानकारी दिएका छन् ।
शनिबार साँझ फेसबुकमार्फत सार्वजनिक सन्देशमा दशैं विदामा ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने प्रबन्ध मिलाइएको मेयर शाहले जानकारी दिएका हुन् । ‘५५८ जना स्वयंसेवकहरु मार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भनेका छन्, ‘नजिकको स्वास्थ स्वयं सेवकमार्फत तपाईंहरुले सिटामोल र जीवनजल प्राप्त गर्न सक्नुहुनेछ ।’
मेयर शाहले २४ घन्टे हटलाईन सेवा निरन्तर राख्ने व्यवस्था मिलाइएको छ ११८० मा फोन गरेर डेङ्गुको बारेमा जानकारी लिन सक्ने बताएका छन् । ‘१०२ मा फोन गरेर निशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नु हुनेछ,’ उनले भनेका छन् ।
Facebook Comment
Comment