दीपक कार्कीलाई प्रधानन्यायाधीश सरह सुविधा दिने सरकारको निर्णय गैरकानुनी : बार

नेपालभ्युज

दीपक कार्कीलाई प्रधानन्यायाधीश सरह सुविधा दिने सरकारको निर्णय गैरकानुनी : बार

काठमाडौं। कामु प्रधानन्यायाधीशबाट सेवानिवृत्त भएका दीपक कार्कीलाई प्रधानन्यायाधीश सरह सुविधा दिने सरकारको निर्णयप्रति नेपाल बार एसोसिएसनले प्रश्न उठाएको छ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालले विज्ञप्ति जारी गर्दै ६ महिनाभन्दा धेरै समय कामु प्रधानन्यायाधीश भएका व्यक्तिलाई प्रधानन्यायाधीश सरह सुविधा दिने निर्णय गर्नु कानुनी रुपमा पनि गलत भएको जनाएका छन्।

हालै मन्त्रिपरिषद् बैठकले कार्की सेवानिवृत्त भएसँगै प्रधानन्यायाधीश सरह सुविधा दिने निर्णय गरेको थियो। बारले सो सुविधा अस्वीकार गर्न कार्कीलाई आग्रहसमेत गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बन भएका थिए। जबराको निलम्बनपछि कार्की कामु प्रधानन्यायाधीश बनेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved