सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेपालभ्युज

सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं। बिहीबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १६.२९ अंकले बढ्दै १८५३.७६ अंकमा उक्लिएको हो । तर, सूचकमा वृद्धि भए पनि सेयर कारोबार भने ६३ करोडमा नै सीमित भएको छ ।

नेप्सेका अनुसार यस दिन कुल १७ लाख ९१ हजार ४८० कित्ता सेयर बजारमा १४ हजार २९८ पटक किनबेच हुँदा जम्मा ६३ करोड २४ लाख ७ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक १.६५ प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट समूह १.४३ प्रतिशतले, म्युचुअल फन्ड १.२६ प्रतिशतले, म्यानु एण्ड प्रो १.२४ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १.१९ प्रतिशतले र बैंकिङ समूह १.०३ प्रतिशतले बढेको छ । अन्य समूह भने १ प्रतिशत भन्दा कमले वृद्धि भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved