जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

नेपालभ्युज

जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा थप ३ शोरुमको उद्घाटन गरेको छ ।

परासीको बर्दघाटमा फुटप्रिन्ट अटो हब प्रा.ली, काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज प्रा.ली र दाङको घोराहीमा नेबेल ट्रेडिङको एकै दिन उद्घाटन गरिएको जगदम्बा मोटर्स प्रा लिले जनाएको छ ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । यसले नेपालभर १४० भन्दा बढी डिलरहरुकोबलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुद पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल भएको छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित भएको कम्पनीको ठहर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved