आईसीसी वरीयतामा सन्दीप लामिछानेकाे सुधार

नेपालभ्युज

आईसीसी वरीयतामा सन्दीप लामिछानेकाे सुधार

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० बलिङतर्फको वरीयतामा  सन्दीप लामिछानेले एक स्थान सुधार गरेका छन् ।  यसैगरी, नेपालमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पनि ब्याटिङ वरीयतामा एक स्थान सुधार गरेका छन् ।

आईसीसीले सार्वजनिक गरेको टी–२० काे नयाँ वरीयतामा ऐरी एक स्थान माथि पुगेका हुन् । ब्याटिङको नयाँ वरीयतामा दीपेन्द्र ५९औँ स्थानमा रहेका छन् । ब्याटिङतर्फ नै कुशल भुर्तेलको वरीयता भने यथावत् रहेको छ । कुशल ५४ औँ स्थानमा यथावत् नै रहेका छन् ।

यस्तै, बलिङतर्फ सन्दीप लामिछाने एक स्थान वरीयता सुधार गर्दै ६१ औँ स्थानमा उक्लिएका छन् । दीपेन्द्र अलराउन्डर वरीयताको १०औँ स्थानमा कायमै रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved