पहिरोले १ घर पुर्णरुपमा क्षति, ५ घर उच्च जोखिममा

नेपालभ्युज

पहिरोले १ घर पुर्णरुपमा क्षति, ५ घर उच्च जोखिममा
फाइल तस्वीर

बैतडी । लगातारको वर्षाका कारण पहिरो खस्दा बैतडीमा एक घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको छ । पाँच घर पहिराको उच्च जोखिममा छन् ।

दोगडाकेदार गाउँपालिका–२ बसाडमा माथिबाट पहिरो खस्दा स्थानीय देवसिंह महराको घर पूर्ण रुपमा क्षति भएको खोचलेक प्रहरी चौकीका प्रमुख मानसिंह पन्तले जानकारी दिए । पहिरोबाट गोठमा बाँधेका तीन बाख्रा मरेका छन् । अन्नपात तथा लत्ता कपडा पुरिएका छन् । पहिराले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

महराको घरमा उनकी दिदी बस्दै आएकी थिईन् । उनलाई आफन्तकहाँ सारिएको प्रहरीले जनाएको छ । पहिराका कारण स्थानीय मानसिंह महरा, राईसिंह महरा, ध्वज महरा, गणेश महरा र ज्ञानेन्द्र महराको घर उच्च जोखिममा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved