बाबुरामलाई देखाउँदै प्रचण्डले भने हामी “एक अर्काका पुरक हौँ”

अब मिलेर समाजवादको नयाँ मोडेल खोज्ने दाबी

मञ्चमा रहेका नेसपा अध्यक्ष भट्टराईलाई देखाउँदै प्रचण्डले आफुहरु आए अर्काको पुरक भएको बताए । ‘ जनयुद्ध सुरु गर्दा पनि हामी दुई कै योगदान बढी छ । हिजो एक अर्काको पुरक भएर अघि बढेको हो । हाम्रो बानी, व्यहोरा र स्वभाव मिल्दैन ।’ उनले भने, ‘तर हामी एकै ठाउँमा हुँदा एकजनाको अभाव अर्कोले पुरिदिने हुन्छ र नयाँ शक्ति सिर्जना हुन्छ ।’ 

नेपालभ्युज

बाबुरामलाई देखाउँदै प्रचण्डले भने हामी “एक अर्काका पुरक हौँ”

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु र बाबुराम भट्टराई एक अर्काको पुरक भएको बताएका छन् ।

नेपाल समाजवादी पार्टीले काठमाडौंमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पुगेका प्रचण्डले नयाँ खालको समाजवादको मोडेल विकास गर्न आफूहरु फेरि एकै ठाउँमा आएको पनि बताए ।

नेसपासँग चुनावसम्मको मात्रै सहकार्य नभएको स्पष्ट पार्दै उनले भने, ‘यो चुनावका लागि मात्रै गरिएको निर्णय हैन । त्यो भन्दा धेरै माथि पुग्नका लागि हो । मुलुकमा समाजवाद र समृद्धिको नयाँ गोरेटो कोर्नका लागि यो एकता भएको हो ।’

मञ्चमा रहेका नेसपा अध्यक्ष भट्टराईलाई देखाउँदै प्रचण्डले आफुहरु आए अर्काको पुरक भएको बताए । ‘ जनयुद्ध सुरु गर्दा पनि हामी दुई कै योगदान बढी छ । हिजो एक अर्काको पुरक भएर अघि बढेको हो । हाम्रो बानी, व्यहोरा र स्वभाव मिल्दैन ।’ उनले भने, ‘तर हामी एकै ठाउँमा हुँदा एकजनाको अभाव अर्कोले पुरिदिने हुन्छ र नयाँ शक्ति सिर्जना हुन्छ ।’

प्रचण्डले अब समाजवादको नयाँ मोडेल  बनाउनु पर्ने बताए । १९ र २० औं शताब्दीको मोडेलले काम नगर्ने भन्दै उनले अबको एक दशक नयाँ प्रयोग गर्ने भनेरै बाबुराम र आफु एकै ठाउँमा आएको दाबी पनि गरे ।

‘विगत एक दशक हामी नयाँ ढंगले अघि बढ्यौं त्यो सफल भएन । अब फेरि मुलुकलाई नयाँ मोडल दिएर खुसी साथ यो संसारबाट विदा हुने योजना बनाएका छौं ।’ उनले भने, ‘हामी ठुलो सपना देख्ने र त्यसलाई पुरा गर्न अनवरत संघर्ष गर्नेमा पर्छौं । अब नयाँ उर्जासहित अघि बढेर सफल हुन्छौं ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved