एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरथर कामेको छ : ओली

नेपालभ्युज

एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरथर कामेको छ : ओली
फाइल तस्वीर

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेर थरथर कामेको बताएका छन् ।  राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरथर काम्ने गरेको बताएका हुन् ।

उनले एमालेसँग एक्लै भिड्न नसकेर सत्तारुढ दलहरु  गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको आरोप लगाए । उनले भने- ‘सत्तारुढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेले त्रिशूलीको भेलले बगाए जसरी बगाउने निश्चित भएपछि उनीहरुले गठबन्धनको त्यान्द्रो समाउनु परेको हो ।’

उनले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाएको बताए  ।

उनले आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउनेहरुमाथि अरिङाल भएर खनिन निर्देशन समेत दिए । उनले भने, ‘हाम्रा विरुद्ध सञ्चारमाध्यमहरु झुसे बारुलो भएर खनिन हुने, हामी चाहिँ अरिङाल हुन नहुने ? हाम्राविरुद्ध भ्रम फिजाउने, प्रचारबाजी गर्नेहरुलाई अरिङाल भएर ध्वस्त पार्नैपर्छ ।’

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved